ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

परशुरामकी हाकिमको कार्यसम्पादन अन्यायपूर्ण रहेको आरोप, प्रशासनमा निवेदन

मङ्गलबार २५, कार्तिक २०८२ ०५:११

डडेल्धुरा । जिल्लाको परशुराम नगरपालिकाका  लेखा अधिकृत धनबहादुर साउदले प्रमुख प्रशासकीय अधिकृत कल्पना भट्टको कार्यसम्पादन मूल्यांकनमा पूर्वाग्रहपूर्ण व्यवहार भएको आरोप लगाउँदै जिल्ला प्रशासन कार्यालयमा निवेदन पेश गरेका छन् ।

लेखा अधिकृत साउदले विगत छ वर्षदेखि आफूले निष्ठा, इमानदारी र अनुशासनपूर्वक निर्वाह गर्दै जिम्मेवारी पूरा गरेको उल्लेख गर्दै, आर्थिक वर्ष २०८१र०८२ को वार्षिक कार्यसम्पादन मूल्यांकनमा दिइएको अंक अन्यायपूर्ण रहेको बताएका छन् । उनका अनुसार, कार्यालयका सबै आर्थिक क्रियाकलाप पारदर्शी रूपमा सञ्चालन गरेको भए पनि मूल्यांकन गर्दा वास्तविक उपलब्धिहरूलाई ध्यानमा राखिएको छैन ।

साउदले  आर्थिक वर्षभरि लेखा शाखामा देखिएका अनियमितता सच्याउने, वार्षिक लेखा प्रतिवेदन समयमै तयार पार्ने, आन्तरिक लेखापरीक्षणका सुझावहरू पालना गर्ने र भुक्तानी प्रक्रिया निर्धारित समयमै सम्पन्न गर्ने कार्यहरू गरेको दाबी गरेका छन् । तर, मूल्यांकनमा यी उपलब्धिहरू समावेश नभई केही प्रसङ्गलाई तोडमोड गरी कार्यदक्षता घटाएर देखाइएको आरोप लगाएका छन् ।

उनले सिडियो समक्ष निवेदन पेश गर्दै आफ्नो कार्यसम्पादन मूल्यांकन निष्पक्ष समितिमार्फत पुनरावलोकन गराइदिन, पूर्वाग्रही मूल्यांकन गर्ने प्रमुख प्रशासकीय अधिकृतको कारण सोधपुछ गरी आवश्यक कारबाही वा निर्देशन दिन र भविष्यमा यस्ता मूल्यांकन नहुने व्यवस्था मिलाउन अनुरोध गरेका छन् ।अपिल-प्रजिअ_page-0001-1762855770.jpg

अपिल-प्रजिअ_page-0002-1762855784.jpg

प्रतिक्रिया