ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कुन दलमा जाँदैछन् प्रेम आले ?

मङ्गलबार २५, कार्तिक २०८२ ११:५५

धनगढी । एकीकृत समाजवादीका नेता प्रेम आलेको आगामी राजनीतिक यात्राबारे चर्चा सुरु भएको छ । उनी न एमालेमा गएका छन् न त एकीकरणपछिको नेपाली कम्युनिष्ट पार्टीमै देखिएका छन् । आलेलाई पुष्पकमल दाहाल ’प्रचण्ड’ले नेपाली कम्युनिष्ट पार्टीमा लाग्न र केपी शर्मा ओलीले एमालेमा फर्किन आग्रह गर्दै टेलिफोन गरेका थिए । तर, उनले दुबै नेतालाई आफूले निर्णय लिन बाँकी रहेको जवाफ फर्काएका छन् । 

आलेले अग्रलेखसंग कुराकानी गर्दै आगामी राजनीतिक यात्राका विषयमा टुंगो लगाउन बाँकी रहेको बताए । ‘अहिले म प्रोस्टेटको शल्यक्रिया गरेर रेस्टमा छु,’ आलेले भने, ‘अहिले नै कतै लागेको छैन । पोखरा र भैरहवा विमानस्थलमा भ्रष्टाचार भएकाले छानविनको मुद्धा मैले उठाएको थिए । कारबाहीको प्रतिक्षामा छु ।’

आलेले एमालेमा जाने सम्भावना भने नरहेको बताए । ‘एमालेमा जाने भए त म पहिले नै गइहाल्थे नि,’ आलेले भने । आले काँग्रेसमा जाने चर्चा पनि छ । तर, उनले काँग्रेसमा जाने सम्भावनाका विषयमा पनि अहिले नै भन्न नसकिने बताए । ‘अब म केही समयभित्र खुल्छु,’ आलेले भने । एकीकृत समाजवादीबाट आले २०७९ सालको प्रतिनिधिसभा निर्वाचन डोटीबाट विजयी भएका थिए ।

जेनजी आन्दोलनको क्रममा भदौ २४ गते आलेको काठमाडौंस्थित निवास पनि आगजनी भएको थियो । त्यसपछि उनी धनगढीमा बसिरहेका छन् । 

प्रतिक्रिया