धनगढी । एमालेको निष्कासनमा परेर मातृभूमि जागरण अभियान सञ्चालन गरिरहेका डा. भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा सामेल हुने भएका छन् ।
नेकपा माओवादी, एकीकृत समाजवादीसहित १० दलबीच एकता भई नेपाली कम्युनिष्ट पार्टी बनेपछि रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई पनि पार्टीमा समाहित गर्न छलफल भएको हो ।
सोही क्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधवकुमार नेपाल, नेताहरू प्रकाश ज्वाला, भानुभक्त जोशी, शेरबहादुर कुँवरलगायतले रावलसँग भेटवार्ता गरेका छन् । ‘उक्त छलफलका क्रममा रावललाई संयोजक प्रचण्ड र सहसंयोजक नेपालले नेपाली कम्युनिष्ट पार्टीमै सामेल हुन आग्रह गरेका थिए,’ छलफलमा सहभागी एक नेताले भने, ‘उहाँ नेपाली कम्युनिष्ट पार्टीमा सामेल हुने कुरा करिब करिब टुंगिएको छ ।’ रावललाई नेपाली कम्युनिष्ट पार्टीको छैटौँ वरीयता दिन नेताहरू सकारात्मक रहेको बताइएको छ ।
प्रतिक्रिया