ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीको ब्रेड बक्सको ब्रान्ड एम्बासडरमा क्रिकेटर विनोद भण्डारी नियुक्त

आइतबार २३, कार्तिक २०८२ ०६:१५

धनगढी । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य तथा सुदूरपश्चिम रोयल्सका ब्याट्सम्यान विनोद भण्डारीलाई ब्रेड बक्सले आफ्नो ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गरेको छ। 
ब्रेड बक्सका सञ्चालक सुवास शाहीले आइतबार धनगढीस्थित ब्रेड बक्समा आयोजित एक समारोहमा क्रिकेटर भण्डारीलाई ब्राण्ड एम्बासडर नियुक्त गरेको घोषणा गरे। उनले क्याफेले भण्डारीको लोकप्रियता, खेलकुदमा समर्पण र सुदूरपश्चिमका युवामाझ उनको सकारात्मक प्रभावलाई ब्रान्डको पहिचानसँग जोड्ने उद्देश्य राखेको जनाए । 

ब्रेड बक्सले आफै स्थानीय उत्पादन र गुणस्तरीय स्वादलाई सुदूरपश्चिमदेखि देशभर परिचित गराउने अभियान अघि बढाइरहेको छ। ‘विनोद भण्डारी सुदूरपश्चिमका गौरव हुन्,’ शाहीले भने, ‘उनको अनुशासन, मेहनत र नेतृत्व क्षमताले हाम्रो ब्रान्डको मूल सोच प्रतिनिधित्व गर्छ। यो सहकार्यले युवामा स्थानीय उत्पादन प्रतिको विश्वास अझ बढाउनेछ।’

त्यसै गरी, क्रिकेटर भण्डारीले ब्रेड बक्सको नयाँ ब्रान्ड एम्बासडर बनेकोमा गर्व लागेको बताए । 
क्रिकेटको सहर धनगढीमा ब्रेड बक्सका तिन ओटा शाखा छन् । क्याफेले केक, कुकिज, ब्रेड र पेस्ट्रीज लगायतका विभिन्न डेरी प्रडक्टहरू उत्पादन गर्दै आएको छ। साथै, ब्रेड बक्स धनगढीमा कफी, मःम, पिज्जा लगायतका स्वादिष्ट परिकारका लागि पनि प्रख्यात छ ।

प्रतिक्रिया