ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

रक्षा बम नेतृत्वको जेनजी फ्रन्टको सुदूरपश्चिम सम्पर्क व्यक्तिमा बिष्‍ट

आइतबार २३, कार्तिक २०८२ ०१:४९

काठमाडौं । रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले तीन केन्द्रीय विभागीय सदस्य र सातै प्रदेशमा प्रदेश सम्पर्क व्यक्तिहरू चयन गरेको छ।

नेपाल जेनजी फ्रन्टको विभागीय सदस्यका रुपमा रितु खड्कालाई जनसम्पर्क समितिको सदस्य, अमृता बनलाई अभियान समितिको सदस्य र संविधान प्रसाईलाई सुचना प्रविधि समितिको सदस्य बनाइएको छ ।

फ्रन्टले सातवटै प्रदेशमा सम्पर्क व्यक्तिहरू पनि तोकेको छ । जसमा कोशी प्रदेशबाट रोहन दंगाल, मधेश प्रदेशबाट नजरे आलम, बागमती प्रदेशबाट सचिन चापागाई, गण्डकी प्रदेशबाट साबिज मिया, लुम्बिनी प्रदेशबाट सौरभ न्यौपाने, कर्णाली प्रदेशबाट बनिता बोगटी र सुदूरपश्चिम प्रदेशबाट नवीन बिष्‍टलाई चयन गरिएको हो ।

प्रतिक्रिया