धनगढी । डोटीमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दीपायल सिलगढी नगरपालिकाका ५२ वर्षीय ओमप्रकाश चन्दलाई पक्राउ गरिएको हो ।
प्रहरीले चन्दलाई शनिबार दिउँसो पक्राउ गरेको छ । प्रकाशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दीपायलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया