ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा जिपको ठक्करबाट एकजनाको मृत्यु, तीन जना घाइते

आइतबार २३, कार्तिक २०८२ १०:३७

धनगढी । कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तरगत घोडाघोडी नगरपालिका–२ टनकपुरमा आज बिहान लु २ च २३५८ नम्बरको जिपले ठक्कर दिँदा बर्दगोरिया गाउँपालिका–६ कोटातुल्सिपुरका ५५ वर्षीय शंकर डगौराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार डगौरा साइलकमा सवार थिए । 

यस्तै दुई जना साइकल यात्री र एक जना पैदल यात्री घाइते भएका छन् । घोडाघोडी नगरपालिका–२ साडेपानीका ५४ वर्षीय पदमबहादुर शाही, बर्दगोरिया गाउँपालिका–६ कोटातुल्सिपुरका ५४ वर्षीय हर्कबहादुर डगौरा र २५ वर्षीय कृष्ण डगौरा घाइते भएका हुन् । उनीहरुको घोडाघोडी अस्पतालमा उपचार भइरहेको इन्सपेक्टर जोशीले बताए । 

जिप र चालक रोल्पाको त्रिवेणी गाउँपालिका–४ बस्ने २३ वर्षीय सन्तोष घर्तीमगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनापछि कैलालीको घोडाघोडी नगरपालिका–२ को साडेपानीमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । केही समयअघि राजमार्ग सुचारु भइसकेको प्रहरी निरीक्षक जोशीले बताए । 
 

प्रतिक्रिया