ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा १० करोड लगानीमा खुलेको ‘नेचुरा रिसोर्ट’ उद्धाटन

शुक्रबार २१, कार्तिक २०८२ ११:४५

धनगढी । सुदूरपश्चिम प्रदेशको व्यापारिक केन्द्र तथा अस्थायी राजधानी धनगढीमा खुलेको सुविधासम्पन्न रिसोर्ट उद्धाटन गरिएको छ । धनगढी उपमहानगरपालिका–३ गुरुद्वारा मार्गमा व्यवसायी मदन भट्टले १० करोडमा लागतमा खोलेको रिसोर्टको आज औपचारिक उद्धाटन गरिएको हो ।

उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्करराज ओझा र होटल व्यवसायी संघ कैलाीका अध्यक्ष केशवराज पाण्डेयले रिसोर्टको उद्घाटन गरे । औपचारिक उद्धाटन आज भए पनि रिसोर्ट असोज २२ गतेदेखि नै सञ्चालनमा छ ।

रिसोर्टमा रेस्टुरेन्ट, कन्फ्रेरेन्स हलसंगै १७ वटा सुविधासम्पन्न रुमहरु रहेको सञ्चालक भट्टले बताए । उनका अनुसार आठ वटा सुपर डिलक्स र सात वटा डिलक्स रुमहरु छन् । ‘लजका लागि छुट्टै र रेस्टुरेन्टका लागि छुट्टै भवन बनाएका छौं,’ सञ्चालक भट्टले भने ।

भट्टका अनुसार रिसोर्ट खोल्नका लागि तीन करोड जग्गा र सात करोड संरचना गरी १० करोड लागत लागेको छ । सञ्चालक भट्टले कर्पोरेट क्षेत्रका व्यक्तिलाई लक्षित गर्दै रिसोर्ट सञ्चालन गरिएको बताए । लज र रेस्टुरेन्टको बिच भागमा रहेको बगैँचाले रिसोर्टको सुन्दरता थपेको देखिन्छ । बगैँचामै पानीको फोहोरो र कृत्रिम झरना पनि छ ।

‘जाडो मौसममा घाम ताप्दै र गर्मीमा रुखको छहारीमा बसेर प्राकृतिक वातावरणको आनन्द लिँदै रमाउन मिल्ने किसिमले रिसोर्टको संरचना निर्माण गरेका छौं,’ भट्टले भने । लामोसमयदेखि जीवन बिमा क्षेत्रमा क्रियाशिल भट्टको धनगढीमै चिकेन स्टेसन पनि सञ्चालनमा छ ।

प्रतिक्रिया