जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा एक जना थुनुवाको मृत्यु भएको छ । शुक्रबार बिहान लागुऔषध कारोबार मुद्दामा थुनामा रहेका जिल्लाको वीरेन्द्रनगर– ११, पिपिराका ३५ वर्षीय गंगे सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले शुक्रबार बिहान कर्णाली प्रदेश अस्पतालमा सुनारको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । उनका अनुसार सुनार बिहान ५ः५८ बजेको समयमा सुतेको ओछ्यानमै बेहोस अवस्थामा भेटिएका थिए ।
उनको मृत्युपछि हिरासतमा जडान गरिएको सीसीटीभी फुटेज हेरिएको छ । फुटेजमा सुत्नुअघि बाथरुमबाट टाउको नुहाएर बाहिर निस्किएका थिए । उनी सुतेको समयमा घुर्ने भएकाले राति साथीहरूले नघुर्न भनेर उठाएको फुटेजमा देखिएको छ ।
उनी ७८ दिनदेखि हिरासतमा रहेको डीएसपी बुढथापाले बताए ।
प्रतिक्रिया