धनगढी । बझाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
थलारा गाउँपालिका–२ काँडास्थित भित्री सडक खण्डमा सुदूरपश्चिम प्रदेश ०१–००२ त ५७२४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
थलारा–२ का ६० वर्षीय पमले खाती र ६२ वर्षीय जसे खातीको घटनास्थलमै मृत्यु भएको हो ।
ट्याक्टर चालक कैलालीको गोदावरी नगरपालिका–४ का ४५ वर्षीय खुशीराम चौधरी गम्भीर घाइते भएका छन् । चौधरीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया