धनगढी । कैलालीको अत्तरियास्थित तेघरीमा बसले ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको छ । गोदावरी नगरपालिका वडा नम्बर २, की ८० वर्षीय दिलमाया श्रीसको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आज बिहान भएको दुर्घटनामा यसअघि मृतकको पहिचान खुल्न सकेको थिएन ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दीपायलबाट धनगढीतर्फ आइरहेको ना५ख ५२५ नम्बरको बसले तेघरीस्थित नेपाली सेनाको ब्यारेक अगाडि आज बिहान वृद्धालाई ठक्कर दिएको हो । बसको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको थियो । बस चालक टेकराज भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया