ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कांग्रेस केन्द्रीय समिति : महामन्त्री र सहमहामन्त्रीद्वारा महाधिवेशनको फरकफरक मिति प्रस्ताव

मङ्गलबार १८, कार्तिक २०८२ ०३:४६

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आगामी पुस १६ गतेदेखि १९ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्ने प्रस्ताव पेस भएको छ । महामन्त्री गगन थापाले कार्यतालिकासहित महाधिवेशनको मिति प्रस्ताव गरेका हुन् ।

बैठकमा बोल्दै थापाले अधिवेशनलाई मङ्सिरमा गर्ने प्रारम्भिक तयारी भए पनि आन्तरिक कारण र समयसापेक्ष आवश्यकताका कारण पुसमा सार्ने सहमति बन्ने सम्भावना हुने भन्दै पुसमा सारेको जानकारी दिए ।

बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षले पनि केन्द्रीय समिति बैठकमा १५ औं महाधिवेशन कार्यतालिका पेस गरेको छ। सहमहामन्त्री महेन्द्र यादवले आजको केन्द्रीय समिति बैठकमा वैशाखमा १५ औं महाधिवेशन प्रस्ताव गर्दै कार्यतालिका पेस गरेका हुन् । वैशाख २७, २८ र २९ गते १५औं केन्द्रीय महाधिवेशन सहमहामन्त्री यादवले प्रस्ताव पेस गरेका हुन् ।

प्रतिक्रिया