ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

निर्वाचन कार्यतालिका स्वीकृत, १ मंसिरदेखि १० गतेसम्म दल दर्ता

मङ्गलबार १८, कार्तिक २०८२ ०३:२८

काठमाडौं । निर्वाचन आयोगले २१ फागुनका लागि हुने निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ । आयोगले आज विज्ञप्ति जारी गर्दै १ देखि १० मंसिरसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ताको कार्यक्रम तय गरेको छ । 

आयोग प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि २ माघदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ । यस्तै, ३ देखि १८ फागुनसम्म प्रचारप्रसार समय, १९ फागुनदेखि मौन अवधि लागू हुनेछ । 

फागुन २१ बिहान ७ देखि ५ सम्म मतदान कार्य हुने आयोगले जनाएको छ । 

समानुपातिक निर्वाचनका लागि भने १५ मंसिरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र १८ र १९ पुसमा दलहरूले बन्द सूची पेस गर्ने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया