ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

जेन–जी आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा

सोमबार १७, कार्तिक २०८२ ०५:४०

काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा ज्यान गुमाउने ४५ जनालाई सरकारले सहिद घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सहिद घोषणा गरेको हो । ४५ जनालाई सहिद घोषणा गरिएको र अन्यको अध्धयन भइरहेको सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए। 

आन्दोलनमा ७६ जनाले ज्यान गुमाएका थिए । तर, कतिपयको शव अझै सनाखत हुन सकेको छैन । जलेको अवस्थामा भेटिएका शवको सनाखत हुन नसकेको हो । जेलबाट भाग्न खोज्ने क्रममा गोली लागेर १० कैदीको मृत्यु भएको थियो । उनीहरूको नाम सहिदको सूचीमा छैन । 

केही भारतीयको पनि मृत्यु भएको छ । उनीहरूको नाम पनि सूचीमा राखिएको छैन । आन्दोलनमै ज्यान गुमाएकालाई मात्र सहिद घोषणा गरिएको स्रोत बताएँछ । आन्दोलनमा तीन प्रहरीले पनि ज्यान गुमाएका थिए । सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले नै सहिद घोषणा गर्ने नीतिगत निर्णय गरेपनि औपचारिक रूपमा निर्णय गरेर राजत्रपमा प्रकाशित गरेपछि मात्र त्यो कार्यान्वयन हुन्छ । 

२३ भदौमा भ्रष्टाचारविरुद्ध बानेश्वरमा भएको आन्दोलनमा गोली लागेर २३ जनाले ज्यान गुमाएका थिए । त्यसको विरोधमा देशैभरि भोलिपल्ट नागरिकहरू सकडमा उत्रिएपछि तत्कालीन केपी ओली नेतृत्वको सरकार अपदस्थ भएको थियो । त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरी चुनावको घोषणा गरिएको छ । सरकारले आन्दोलनमा ज्यान गुमाएकाको सम्झौतामा जेन–जी स्मारक पार्क बनाउने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया