धनगढी । गत २३ र २४ भदौको जेनजी आन्दोलनपछि चर्चामा रहेको एउटा नाम हो, रक्षा बम । जेनजी प्रदर्शनपछि मुलुकलाई समान्यीकरण गर्न पनि बमले भूमिका खेलिन् । आसन्न निर्वाचनका निम्ति आवश्यक वातावरण निर्माण बनाउने छलफलमा पनि उनको सहभागिता रहँदै आएको छ । शुक्रबार मात्रै बमले आफ्नै संयोजकत्वमा ‘नेपाल जेन–जी फ्रन्ट’ गठन गरेकी छिन् ।
तिनै रक्षा बमलाई मन्त्री बन्नबाट हामी नेपालका संस्थापक सुदन गुरुङले रोकेको अडियो सार्वजनिक भएको छ । कैलालीको जानकी गाउँपालिकास्थित दुर्गौलीकी बमलाई सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै अहिलेको मन्त्रीमण्डलमा सहभागी गराउनुपर्ने माग हुँदै आएको छ । बमको नाम एनजीओ–आईएनजीओमा जोडिएकाले आफूले मन्त्री बन्न रोकेको सुदनको भनाइ छ ।
गुरुङसहितको फोन सम्वादको अडिओमा उनले रक्षा बमलाई रोक्नुपर्नाको कारण बताएका छन् । सार्वजनिक अडियोमा सुदनले भनेका छन्, ‘सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने हो भने सबै केटाहरूलाई सोध्नुपथ्र्यो कि पर्थेन ? सुदूरपश्चिमबाट के गर्ने भनेर जेनजीहरूलाई सोध्नुपर्छ कि पर्दैन ? अनि मैले रोकेँ भनेर कसरी भन्यौ तिमीले ? रक्षा बम हुनु हुँदैन भनेर हामीले भनेका छौँ । सोध्नुप¥यो नि यार... बच्चाहरू छन्, सुदूरपश्चिमको यत्रो ग्याङ छ । टीम छ । टीम लिडर भएर आएको छ सुदूरपश्चिमदेखि । काठमाडौंमा बसेर सुदूरपश्चिमको कुरा गरेर भएन भाइ यो ।’
उनले रक्षा बमलाई आफूले नै मन्त्री बन्नबाट रोकेको भन्दै बमको एनजीओ, आईएनजीओमा नाम मुछिएको बताएका छन् ।
प्रतिक्रिया