अछाम । अछामको साँफे बजारमा भएको आगलागीमा सात पसल जलेर नष्ट भएका छन् । साँफेबगर नगरपालिका– ३ स्थित हाटबजारमा शनिबार राति आगलागी भएको थियो ।
स्थानीयहरुका अनुसार आगो करिब पौने ९ बजेतिर सुरु भएको थियो । सुरक्षा निकाय र स्थानीय बासिन्दाले निर्माण व्यवसायी गौतम कुँवरको जेसिबी र ईन्दसरा आयल स्टोरको पानी ट्याङ्करको सहायतामा करिब डेढ घण्टापछि आगो नियन्त्रणमा लिएका थिए ।
आगलागीबाट जलेर नष्ट भएका पसलहरुमा अशोक कुँवरको जुत्ता पसल, महेन्द्र कार्कीको किराना पसल, बलबहादुर कुँवरको होटेल, सुमन कुँवरको डोका डाला पसल, कर्ण कुँवरको अग्रोभेट सेन्टर, वैद्यनाथ फेन्सी स्टोर र नरबहादुर गिरीको सिलाइ–कटाइ पसल छन् । प्रारम्भिक अनुसन्धान अनुसार, विद्युत् सर्ट भएका कारण आगलागी भएको जिल्ला प्रशासन कार्यालय अछामले जानकारी दिएको छ ।
प्रतिक्रिया