काठमाडौं । पूर्वपश्चिम राजमार्गस्थित शिवराज नगरपालिका–१, बनकसबासमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।
राति करिब २ बजे काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बाप्र ०१–००६ ख ८५०६ नम्बरको यात्रुवाहक बसले एक पैदलयात्रीलाई ठक्कर दिई अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको वडा प्रहरी कार्यालयले जनाएकोछ । बसले ठक्कर दिएका अन्दाजी ५०र५५ वर्षका पुरुषको भने मृत्यु भएको छ ।
उनलाई उपारका लागि चन्द्रौटास्थित आधारभूत स्वास्थ्य सेवा अस्पतालमा लैजाँदा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको नाम ठेगाना खुल्न बाँकी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका निरीक्षक सन्तोष घिमिरेले बताए ।
घाइते यात्रुको चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य छ ।
प्रतिक्रिया