धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश रानाभाटले पदबाट राजीनामा दिएका छन् । उनले प्रहरी प्रधान कार्यालय नक्सालमा आज राजीनामा बुझाएका हुन् ।
राजीनामाको कारण खुलेको छैन । तर उनले आफूले पारिवारिक कामको कारणले राजीनामा दिएको बताएका छन् । ‘पारिवारिक कामले ताराजीनामा दिएको हुँ । अरु त्यस्तो कुनै कारण छैन,’ रानाभाटले भने ।
राजीनामा स्वीकृत हुन बाँकी रहेको प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ । उनले बुझाएको राजीनामा आईजीपीले निर्णय गरेर गृह मन्त्रालय पठाउनुपर्ने कानुनी व्यवस्था छ । रानाभाट एसपीबाट एसएसपी बढुवा हुने बेलामा एक नम्बरमा नाम हुँदा पनि छुटेका थिए ।
२०५८ साउन १८ मा इन्स्पेक्टरबाट सेवा प्रवेश गरेका रानाभाट यसै वर्ष एसएसपीमा बढुवा भएका थिए । उनी २०८२ साउनमा प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा भएका थिए ।
प्रतिक्रिया