ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीका युवक प्रहरीको हत्या आरोपमा पक्राउ, थिए क्रिकेट खेलाडी

मङ्गलबार ११, कार्तिक २०८२ ०४:१९

धनगढी । जेनजी आन्दोलनमा प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत सहायक हवल्दार अमृत गुरुङको हत्या आरोपित पक्राउ परेका छन् । हत्या अरोपमा कैलालीको लम्कीचुहा नगरपालिका–४ घर भएका १९ वर्षीय अनुपम भण्डारीलाई पक्राउ गरिएको हो । 

उनी खेलाडी रहेको खुलेको छ । काठमाडौंको क्रिकेट एकेडेमीदेखि भारतसम्म पुगेर क्रिकेटको प्रशिक्षण लिएका भण्डारीबाट गुरुङको हत्या भएको बताइएको छ । 

भण्डारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कैलालीबाटै पक्राउ गरेर काठमाडौं लगेको छ । भण्डारीलगायतका व्यक्तिले जेनजी आन्दोलनको दिन २४ भदौमा सहायक हवल्दार गुरुङको हत्या गरेका थिए ।

सोही क्रममा २४ भदौको आन्दोलनको क्रममा प्रहरीमाथि आक्रमण भएको र रिसले आफूले पनि चक्कुले हानेको उनले बयानमा बताएका छन् । प्रहरीमाथि प्रहार गरेपछि भागेको केही व्यक्तिले प्रहरीलाई घिसार्दै लगेको भण्डारीको बयानमा उल्लेख छ ।
 

प्रतिक्रिया