ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरका युवक जेनजी आन्दोलनमा उदण्ड मच्चाउने नाइके, सेनाले गरेको थियो बर्खास्त

मङ्गलबार ११, कार्तिक २०८२ १२:०५

धनगढी । कञ्चनपुरका एक युवक जेनजी आन्दोलनमा उदण्ड मच्चाउँदै तोडफोड र आगजनी गरेको आरोपमा पक्राउ परेका छन् । बेलौरी नगरपालिका–१ घर भएका २७ वर्षीय भुवन शाहीलाई पक्राउ गरिएको हो । 

आगजनी, तोडफोड र लुटपाटमा संलग्न भएको आरोपमा काठमाडौंको धापासी बस्दै आएका शाहीलाई मिनभवनबाट पक्राउ गरिएको हो । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । 

शाही नेपाली सेनाको बर्खास्तीमा परेको व्यक्ति रहेको खुलेको छ । २०७४ सालमा नेपाली सेनामा प्रवेश गरेका उनी २०७५ मा बर्खास्तीमा परेको खुलेको छ । चालकको रुपमा नक्कली लाइसेन्स पेस गरेको खुलेपछि उनी बर्खास्तीमा परेका थिए । 

२४ भदौको जेनजी आन्दोलनमा उनी प्रहरी वृत्त गौशाला तोडफोड, आगजनी, लुटपाटमा संलग्न रहेको भिडिओमा देखिएको प्रहरीले बताएको छ । उनले बानेश्वरमा रहेको ग्लोबल कलेजमा प्रवेश गरेर पनि लुटेको पाइएको प्रहरीले बताएको छ ।

उनले प्रहरीको एक थान मोटरसाइकल, प्रहरीको राइट कन्ट्रोल गियर, ग्लोबल कलेजमा रहेको २ थान ट्रफी, गाडीको ड्यासबोडमा राख्ने गणेशको मूर्ति र क्यानन कम्पनीको डीएसएलआर क्यामेरा लुटेको फुटेजमा देखिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया