धनगढी । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा १९ गते देहिजाँत लाग्ने भएको छ । यसवर्ष देहिजाँत कात्तिक १९ गते लाग्ने भएको हो ।
उग्रतारामा हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात रतेडी र दोस्रो दिन दिउसेडी मेला लाग्छ । यसवर्ष कात्तिक १८ गरे रतेडी मेला लाग्ने उग्रतारा मन्दिरका पुजारी पण्डित लोकराज भटट्ले जानकारी दिए ।
उनका अनुसार छचोडा, खनमडा, दुमडा र जिलोडा गरी चार वटा गाउँमा उग्रतारा भगवती माताको भ्राण (देउरो भण्डार) छ । यी चारवटै गाउँबाट रतेडी मेलामा १९ गते बिहान ४ बजेको समयमा देउरो पुगेपछि दिउसेडी मेला सुरु हुन्छ ।
‘बिहानको पूजाआजापछि दिउँसो भगवती माताको गाँज मन्दिरलगायत सयौँ एकडमा फैलिएको मैदानको विशेष चार स्थानमा बाजागाजाका साथ घुमाइन्छ । बिहान चारवटै गाउँको भ्राणबाट ल्याइएको माता भगवतीको देउरो बेलुका पुनः चारवटै गाउँको भ्राणमा लगेर राखेपछि मेला सम्पन्न हुन्छ ।
प्रतिक्रिया