धनगढी । सुदूरपश्चिमका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा भएको छ । कैलाली, अछाम र डडेल्धुराका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको हो ।
कैलालीका कृष्णप्रसाद लम्साललाई सरुवा गरेर हिरालाल रेग्मी पठाइएका छन् भने अछामका सिडिओ आनन्द सारुलाई सरुवा गर्दै बिष्णुप्रसाद कोइराला पठाइएका छन् । कैलाली पठाइएका रेग्मी नवलपरासी (पश्चिम) तथा कोइराला गुल्मीबाट अछाम पठाइएका हुन् ।
यस्तै डडेल्धुराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनार्दन गौतमको जिल्ला प्रशासन कार्यालय कपिलवस्तु सरुवा भएको छ । सरुवा सूचीमा उनको स्थानमा भने कसैलाई पठाएको उल्लेख छैन । गृह मन्त्रालयले देशभरका ३६ जना सिडिओको सरुवा गरेको हो ।
प्रतिक्रिया