धनगढी । कैलालीमा एक महिलाले श्रीमानको हत्या गरेकी छन् । जोशिपुर गाउँपालिका- ३ बस्ने ३५ वर्षीया सुनितादेवी कठरियाले ५० वर्षीय श्रीमान् लखनलाल कठरियाकाे हत्या गरेकि हुन् ।
प्रारम्भिक अनुसन्धानबाट हताैडा प्रहारबाट कठरियाको हत्या भएको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले बताए । `घरायसी विवादपछि हतौडा प्रहारबाट कडरिया गम्भीर घाइते भएक थिए, टीकापुर अस्पतालमा उपचारका क्रममा उनको मृत्युु भएको हो,´ डीएसपी सिंहले भने ।
हत्या आरोपमा उनकी श्रीमती सुनितालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डीएसपी सिंहले बताए ।
प्रतिक्रिया