लम्की । कैलालीको मोहन्याल गाउँपालिका–७ पितमारीस्थित कर्णाली नदी किनारमा एक जनाको शव फेला परेको छ । लम्कीचुहा नगरपालिका–२, बलिया बस्ने ४८ वर्षीय मानबहादुर बुढाको शब फेला परेको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ।
प्रहरीका अनुसार माछा मार्ने जालमा पानीमा घोप्टो र अड्किएको अवस्थामा शव फेला परेको हो । मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया