ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

विपिन जोशीको परिवारलाई सुदूरपश्चिम सरकारको दुई लाख सहयोग

सोमबार ०३, कार्तिक २०८२ ०७:४४

धनगढी । इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका सुदूरपश्चिमको कञ्चनपुरका विपिन जोशीको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई लाख आर्थिक सहयोग गर्ने भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जोशीको परिवारलाई मानविय सहायता स्वरुप दुई लाख सहयोग उपलब्ध गराउने बताए । २०८० असोज २३ गते बसेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषदले

हमासको आक्रमणमा ज्यान गुमाएका परिवारलाई जनही २/२ लाखका दरले आर्थिक सहायता गर्ने निर्णय गरेको थियो । निर्णय बमोजिम प्रदेश सरकारले मृतक सात जनाका परिवारलाई सहयोगबापतको चेक हस्तान्तरण गरेको थियो भने सो समयमा विपिन जोशीको अवस्था अज्ञात रहेको थियो । गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु पुष्टि गरेका थिए ।

सन् २०२३ अक्टोबर ७ मा सुदूरपश्चिम विश्वविद्यालयबाट बीएसस्सी एग्रिकल्चर अध्ययन गरेर इजरायलमा "लर्न एन्ड अर्न" अन्तर्गत ११ महिनाका लागि इन्टर्न गर्न गएका मध्ये १० जना नेपाली विद्यार्थीको इजरायलमा हमासको आक्रमणमा परि मृत्यु भएको थियो ।

प्रतिक्रिया