धनगढी । गाजामा मारिएका नेपाली युवा विपिन जोशीको शव कञ्चनपुर पुर्याइएको छ । आज नेपाली सेनाले काठमाडाैंबाट जोशीको शव धनगढी पुर्याएको छ । धनगढी विमानस्थलबाट धनगढीका मेयर गोपाल हमालको परिवारले सञ्चालन गरेको महाप्रस्थान यानमार्फत जोशीको शव कञ्चनपुर पुर्याएको हो । उनको भोलि महाकाली आर्यघाटमा अन्तिम संस्कार गरिने छ ।
यसअघि आजै त्रिभुवन विमानस्थलमै उनीप्रति श्रद्धाञ्जली दिइएको थियो । जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन प्रधानमन्त्री सुशीला कार्कीसहितका उच्च पदस्थहरू विमानस्थल पुगेका थिए ।
अध्ययनको सिलसिलामा इजरायल पुगेका जोशी हमासको अपहरणमा परेका थिए । अपहरणमै रहेका बेला उनको हत्या भएको थियो ।
हमासले इजरायलको आक्रमणमा विपिन मारिएको बताएको छ भने इजरायलले हमास लडाकुले विपिनको हत्या गरेको दाबी गरेको छ ।
प्रतिक्रिया