ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

टीकापुर बहुमुखी क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि आयोग गठनको माग

आइतबार ०२, कार्तिक २०८२ ०३:५८

धनगढी । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. हेमराज पन्त र रजिस्ट्रार प्रा.डा. विनोद लेखकले आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई भेट गरी टीकापुर बहुमुखी क्याम्पसको अतिक्रमित ३०० बिगाहा जग्गाको विषयमा ध्यानाकर्षण गराएका छन्।

उनीहरूले मन्त्री पुनलाइ भेटी सो जग्गाको स्थायी समाधानका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गरी तत्काल पहल गर्न आधिकारिक रुपमा अनुरोध गरेका हुन्।

सो अवसरमा मन्त्री पुनले विश्वविद्यालयका प्रतिनिधिहरूको मागप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै उक्त विषयमा आवश्यक प्रक्रिया तत्काल अघि बढाइने प्रतिबद्धता व्यक्त गरेको उपकुलपति प्रा.डा.हेमराज पन्तले जानकारी गराएका छन ।

प्रतिक्रिया