ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

संगठनको प्रतिष्ठा उकास्ने कार्य गरेका प्रहरीलाई विशेष बढुवा

शनिबार ०१, कार्तिक २०८२ १२:२९

काठमाडौं । प्रहरी सेवामा उत्कृष्ट कार्यसम्पादन र अदम्य साहस प्रदर्शन गर्ने दुई प्रहरी अधिकारीलाई विशेष बढुवासहित दर्ज्यानी चिह्न प्रदान गरिएको छ। 

७०औं प्रहरी दिवस–२०८२ का अवसरमा शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षक आईजीपी चन्द्रकुबेर खापुङले प्रहरी नायव निरीक्षक हेमबहादुर बिक र प्रहरी हवल्दार संगिता अधिकारीलाई दर्ज्यानी चिह्न प्रदान गरे । 

विशेष बढुवा प्राप्त बिक हाल प्रहरी वृत्त महाराजगञ्ज, काठमाडौंमा कार्यरत छन् भने अधिकारी जिल्ला अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाइ, दाङमा सेवा गरिरहेकी छन् । 

राष्ट्र र संगठनको प्रतिष्ठा उकास्ने कार्यमा उल्लेखनीय योगदान पु–याउँदै कर्तव्यपालनमा देखाएको साहस र अनुशासनको उच्च मूल्याङ्कनका आधारमा नीति निर्माण समितिको सिफारिसमा उनीहरूलाई एक तह विशेष बढुवा गरिएको हो । 

दर्ज्यानी चिह्न ग्रहणपछि दुवै जनाले संगठनले दिएको जिम्मेवारीलाई अझ निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया