ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

दार्चुलामा साइकलबाट लडेर एकजनाको मृत्यु

शनिबार ०१, कार्तिक २०८२ १२:२५

धनगढी । दार्चुलामा साइकलबाट लडेर एकजनाको मृत्यु भएको छ । जिल्लाको महाकाली नगरपालिका– ५ रिङ्ने तालस्थित सोही ठाँउ बस्ने २८ वर्षीय अमृत डोबालको मृत्यु भएको हो । 

डोबाल साइकल चलाउदै बाङ्गाबगर जाने क्रममा एक्कासी सडकको भित्तामा ठोक्किएर टाउकोमा गम्भीर चोट लागेको थियो ।

घाइते भएका डोबालको जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा शुक्रबार मृत्यु भएको जिलला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

प्रतिक्रिया