ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिम प्रदेशसभा सचिवालय र विषयगत समितिका कार्यालय मर्मत

शनिबार ०१, कार्तिक २०८२ ११:५१

धनगढी । २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड गरिएको सुदूरपश्चिम प्रदेशसभा सचिवालय र विषयगत समितिका कार्यालय मर्मत गरिएको छ । कम क्षति भएका सचिवालय र विषयगत संसदीय समितिका कार्यालय मर्मत गरिएको हो । 

प्रदेश सभा सचिवालयका सचिव बस्ने कार्यकक्ष व्यवस्थापनसहित विभिन्न समितिको कार्यालय सामान्य मर्मत भएको प्रदेशसभा सचिवालयले जनाएको छ । विषयगत समितिको एउटा कार्यालयमा धेरै क्षति भएको थियो भने बाँकी कार्यालयमा सामान्य क्षति मात्रै भएको थियो । सुदूरपश्चिम प्रदेशसभाअन्तर्गत पाँच वटा विषयगत समिति रहेका छन् । 

प्रदेशसभा भवन र राजनीतिक दलका संसदीय दलको कार्यालय मर्मतको कार्य भने अझै सुरु भएको छैन । बढी क्षति भएका कारण संसदीय दलको कार्यालय र प्रदेशसभा भवन मर्मतको काम सुरु नभएको हो । 

प्रतिक्रिया