धनगढी । सुदूरपश्चिममा प्रहरीका एसपीसहित २५ जना प्रहरीलाई पुरस्कार दिएइको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले ७०औं प्रहरी दिवस २०८२ को अवसरमा उनीहरु पुरस्कृत भएका हुन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार एसपीद्वय रामप्रकाश शाह र प्रेमबहादुर शाही, डीएसपीद्वय निशान्त श्रीवास्तव र डा. पुनम पाठक, इन्सपेक्टरहरु प्रकाश कार्की, हेमराज भट्ट, राजन उप्रेती, अर्जुनसिंह साउद, वीर बहादुर पार्की र डा. नम्रता पण्डित लगायत २५ जना पुरस्कृत भएका हुन् ।
उनीहरूलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ओम बहादुर रानाले पुरस्कार प्रदान गरेका थिए ।
प्रतिक्रिया