कञ्चनपुर । हमासको बन्धकमा रहेकै अवस्थामा मृत्यु भएका विपिन जोशीकी आमा र बहिनी घर फर्किएका छन् । विपिनको रिहाइका लागि पहल गरिदिन भन्दै अमेरिका पुगेका उनीहरु कञ्चनपुरस्थित घर पुगेका हुन् ।
हमास समूहबाट बन्धक रहेका बेला विपिन जोशीको मृत्यु भएको सोमबार पुष्टि भएको थियो । विपिनको रिहाइका लागि आमा पदमा र बहिनी पुष्पा इजरायलकै पहलमा अमेरिका पुगेका थिए । उनीहरुले अमेरिकामा संयुक्त राष्ट्र संघका महासचिवदेखि अन्य पदाधिकारीहरुलाई भेटेका थिए ।
आमा र बहिनी अमेरिकामै रहेका बेला इजरायल र हमास समूहबीच युद्धबिराम भएर बन्दीहरु छाडने क्रम सुरु भएको थियो । पद्मा र बहिनी पुष्पा अमेरिका जानुअघि इजरायल पनि गएका थिए ।
प्रतिक्रिया