धनगढी । वडा प्रहरी कार्यालय धनगढीको इञ्चार्जको जिम्मेवारी प्रहरी निरीक्षक (इन्सपेक्टर) बलराम पाण्डेयले पाएका छन् ।
प्रहरी महानिरीक्षकको असोज २८ गतेको निर्णयअनुसार पाण्डेयको वडा प्रहरी कार्यालय धनगढीमा काज सरुवा भएको हो ।
पाण्डेयको जिल्ला प्रहरी कार्यालय बैतडीबाट नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय नवलपरासी सरुवा भएको थियो । पाण्डेयलाई काजमा वडा प्रहरी कार्यालय धनगढीमा खटाइएको हो ।
यसअघि वडा प्रहरी कार्यालय धनगढीका इञ्चार्ज रहेका इन्स्पेक्टर योगेश खत्रीको काज सरुवा भएको थियो । खत्रीको प्रहरी हेडक्वार्टर मातहत काज भएको थियो ।
प्रतिक्रिया