धनगढी । पत्रकार रामबहादुर रावल प्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजक नियुक्त भएका छन् ।
बाजुरामा जन्मिएका रावल प्रधानमन्त्री कार्कीको प्रेस संयोजक नियुक्त भएका हुन् ।
उनले नेपालखबर, ग्यालेक्सी फोरके, कान्तिपुर टेलिभिजन, नेपाल साप्ताहिक, नेपाल एफएमलगायत विभिन्न सञ्चारमाध्यममा दुई दशकभन्दा बढी सक्रिय पत्रकारिता गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर गरेका रावल कानुनमा स्नातक हुन् ।
प्रतिक्रिया