धनगढी । कांग्रेस सभापति शेरबहादुर देउवा पार्टी कार्यालयमा पुगेका छन् । जेनजी आन्दोलनका क्रममा आफ्नै निवास बूढानीलकण्ठमा भदौ २४ गते घाइते भएका देउवा त्यसपछि पहिलो पटक मंगलबार पार्टी कार्यालयबाट सार्वजनिक भएका हुन् ।
देउवा पत्नी आरजु राणा देउवा पनि मङ्गलबार पार्टी कार्यालयबाट सार्वजनिक भएका छन् । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते प्रदर्शनकारीले बुढानीलकण्ठस्थित निवासमै आक्रमण गरेका थिए । आक्रमणका क्रममा देउवा र आरजु घाइते भएका थिए भने उनीहरू केही अघिमात्रै डिस्चार्ज भएका थिए ।
प्रतिक्रिया