ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

गोदावरीमा युवकमाथि चक्कु प्रहार प्रकरण : यी हुन् पक्राउ परेका ११ जना

मङ्गलबार २८, असोज २०८२ ०२:१२

धनगढी । कैलालीको गोदावरीमा युवकमाथि चक्कु प्रहार प्रकरणमा पक्राउ परेका ११ जनाको नाम प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले गोदावरी नगरपालिका–४ स्थित गगन बढैलाले सञ्चालन गरेको शुभम होटेल डडेल्धुराको नवदुर्गा गाउँपालिका– २ बस्ने ३२ वर्षीय गौरव ऐरमाथि चक्कु प्रहार गरेको आरोपमा ११ जनालाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका– २ का २९ वर्षीय सन्नी भन्ने भिम नेपाली, १८ वर्षीय अनुपम सिंह, कञ्चनपुरको कृष्णपुरनगरपालिका– ९ का २३ वर्षीय किरण महरा, धनगढी– २ बस्ने १८ वर्षीय मुस्कान सिंह र २० वर्षीय बबिन सिंह रहेका छन् । 

यस्तै, कृष्णपुर नगरपालिका– ९ बस्ने २६ वर्षीय गोविन्द बलायर, धनगढी– २ का २६ वर्षीय गोपाल भट्ट, धनगढी– ३ का १८ वर्षीय बिशाल बोहरा, धनगढी– २ का १८ वर्षीय प्रिन्स सिंह, कञ्चनपुरको पुर्नवास– १० का ३२ वर्षीय दिनेश बिक र ३२ वर्षीय अनिल बिक रहेका छन् । उनीहरुलाई धनगढी उपमहानगरपालिका– ३ नेपाल–भारतको सीमा नाका रहेको त्रिनगर भन्सारबाट पक्राउ गरिएको डीएसपी सिंहले बताए । 

धारिलो हतियार प्रहारबाट ऐरको हातको औला काटिएको छ भने टाउको र घाटीमा चोट लागेको छ । उनको अहिले भारतको रुद्रपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । 

प्रतिक्रिया