धनगढी । कञ्चनपुरमा नौ जना जुवाडे पक्राउ परेका छन् । सोमबार साँझ बेदकोट नगरपालिका– ९ कोल्डस्टोरस्थित बिकास बमले सञ्चालन गरेको अम्बै कटेजबाट नौ जनालाई पक्राउ गरिएको हो ।
जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नौ जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट एक लाख ६९ हजार ९३५ रुपैयाँ बरामद गरिएको छ ।
प्रतिक्रिया