धनगढी । सेती प्रादेशिक अस्पतालका कर्मचारी आन्दोलित भएका छन् । अस्पतालमा कार्यरत करार सेवाका कर्मचारी आन्दोलित भएका हुन् ।
चाडपर्व, पोसाक र महङ्गी भत्ता नपाएको भन्दै कर्मचारी आन्दोलित भएका हुन् । भत्ता पाउनुपर्ने माग राख्दै सोमबार करार सेवाका कर्मचारीहरूले सामाजिक विकास मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । करार सेवाका कर्मचारीहरूले कामकाज नै ठप्प गरेर आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
मन्त्रालयले नियुक्त गरेको कर्मचारीलाई अस्पतालले भत्ता दिन नमिल्ने राय दिएकाले चाडपर्व भत्ता उपलब्ध गराउन समस्या भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले बताए ।
प्रतिक्रिया