धनगढी । कैलाली उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि भएको मतदानपछि मतगणना जारी छ । निर्वाचन समितिका अनुसार अहिलेसम्म एक हजार छ सय मतगणना भएको छ ।
अध्यक्षमा पुष्करराज ओझाले सुरुवातदेखिको अग्रता कायमै राखेका छन् । उनले अहिले मतान्तर पनि बढाएर ७६ पुगाएका छन् ।
एक हजार छ सय मतगणना हुँदा ओझाले ७९६ मत पाएका छन् भने रुपेश स्वाँरले ७२० मत पाएका छन् । अब तीन सय ४० मत गन्न बाँकी छ ।
दुई हजार तीन सय ३५ मतदाता रहेकोमा एक हजार नौ सय ४० मत खसेको थियो । नौ पदाधिकारी र १३ सदस्य गरि २२ पदका लागि भइरहेको निर्वाचनमा ५० जना उम्मेदवार छन् ।
कैलाली उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ । नौ पदाधिकारी र १३ सदस्य गरि २२ पदका लागि भइरहेको निर्वाचनमा २१ जनाले पदाधिकारी र २९ जनाले सदस्य पदमा गरी ५० जनाको उम्मेदवारी छ ।
प्रतिक्रिया