ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढी विमानस्थलमा मध्यरातमा जहाज अवतरण हुन नसकेपछि...

मङ्गलबार ०५, फागुन २०८२ १०:४६

काठमाडौँ । धनगढीका लागि उडेको श्रीएयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौँ फिर्ता भएको छ ।

गन्तव्यमा अवतरण हुन नसकेपछि जहाज काठमाडौँ फर्किएको हो । जहाज अवतरण हुन नसकी काठमाडौँ फर्कदा विमानस्थलमा केहीबेर यात्रुले असन्तुष्टि जनाएका थिए ।

एयरलाइन्सले टिकट फिर्ता गर्न चाहने यात्रुको पैसा फिर्ता गर्ने र जान चाहने यात्रुलाई मंगलबार बिहानको उडानमा धनगढी पठाइने बताएको थियो । 

जहाज धनगढीका लागि काठमाडौँबाट ९ः४५ बजे उडेको थियो । धनगढी विमानस्थल अवतरणका लागि पटकपटक प्रयास गर्दासमेत सम्भव नभएपछि राति १२ बजे जहाज काठमाडौँ फिर्ता भएको थियो । मौसम बिग्रेका कारण जहाज अवतरण हुन नसकेको बताइएको छ । 

उडानमा चालक दलका सदस्यसहित ८० यात्रु थिए ।

प्रतिक्रिया