धनगढी । डोटीमा इभी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य २१ जना घाइते भएका छन् । अछामबाट धनगढी आइरहेको सुपप्र ०१-००१ ख ३९५६ नम्बरको गाडी जोरायल गाउँपालिका–२ स्थित भीमदत्त राजमार्गमा दुर्घटना भएको हो ।
दुर्घटनामा अछामको मंगलसेन नगरपालिकाकी २२ वर्षीया हरिया परियारको मृत्यु भएको छ ।
घाइते २१ मध्ये एक जनाको अवस्था गम्भीर रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।घाइतेलाई उपचारका लागि धनगढी ल्याइएको छ । गाडी अनियन्त्रित भएर आज बिहान दुर्घटना भएको हो ।
प्रतिक्रिया