ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

चार हजार दुई सयले घट्यो सुनकाे मूल्य

शुक्रबार २४, असोज २०८२ ११:१७

काठमाडौं । अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ शुक्रबार घटेको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला ४ हजार २ सय रुपैयाँ मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको छ ।

अघिल्लो दिन २ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा पनि घटेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अघिल्लो दिन प्रतिऔंस ४ हजार ४० डलरसम्म पुगेकोमा आज ४ हजार मुनि झरेको छ ।

चाँदीको भाउ तोलामा ६० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २५ रुपैयाँमा कारोबार भएकोमा आज ३ हजार ८५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया