ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बझाङमा दुर्घटना हुँदा घाइते भएका स्वास्थ्यकर्मीको मृत्यु

बिहिबार २३, असोज २०८२ ०३:२१

धनगढी । बझाङमा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका स्वास्थ्यकर्मीको मृत्यु भएको छ । जयपृथ्वी नगरपालिका– ३ निवासी ३८ वर्षीय नरजितबहादुर खड्काको बिहीबार मृत्यु भएको हो ।

उनी गत असोज १७ गते साँझ जयपृथ्वी नगरपालिका–२ बाट आफ्नो घरतर्फ फर्कने क्रममा उनी सवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो । उपचारका लागि उनलाई धनगढी हुँदै भारत पठाइएको थियो । 

उनी तलकोट गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुखका रूपमा कार्यरत थिए।खड्का राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपाल, जिल्ला कमिटी बझाङका अध्यक्ष थिए ।

प्रतिक्रिया