ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

साढे १३ लाखभन्दा बढी नगदसहित १४ जुवाडे पक्राउ

बिहिबार २३, असोज २०८२ ०२:३३

धनगढी । १३ लाखभन्दा बढी नगदसहित १४ जुवाडे पक्राउ परेका छन् । नेपालगन्ज उपमहानगरपालिका –४ बाईपास रोडमा विज्ञान श्रेष्ठले सञ्चालन गरेको मौरी रेस्टुरेन्टबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १४ जनालाई १३ लाख रुपैयाँभन्दा बढी नगदसहित नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारीअनुसार रेस्टुरेन्टको दोस्रो तलामा रहेका हल कोठामा तास खेलिरहेको अवस्थामा १४ जनालाई पक्राउ गरिएको हो ।

छापा मार्ने क्रममा प्रहरीले जुवातास खेल्न प्रयोग भएका दुई गड्डी खोलिएका र आठ गड्डी नखोलिएका तास, रातो र सेतो रंगका पर्दा दुई थान तथा नगद १३ लाख ६३ हजार ८०० रुपियाँ बरामद गरेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया