ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमबाट प्रहरीका ११ गाडी हेडक्वाटर पठाइयो

बिहिबार २३, असोज २०८२ ११:१५

धनगढी । सुदूरपश्चिमबाट प्रहरीका ११ वटा गाडी प्रहरी प्रधान कार्यालय पठाइएको छ । २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनका क्रममा प्रहरीका सयौं सवारीसाधनमाथि आगजनी भएपछि हेडक्वाटरले प्रदेश प्रहरीलाई गाडी पठाउन निर्देशन दिएको थियो । 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी डम्बर बिकले ११ वटा गाडी हेडक्वाटर पठाइएको जानकारी दिए । ‘सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र मातहतका विभिन्न युनिटले सञ्चालन गर्दै आएका ११ वटा गाडी पठाएका छौं,’ डिआईजी बिकले भने । 

कैलाली प्रहरीले पनि एक गाडी हेडक्वाटर पठाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दका अनुसार प्रहरी नायब उपरीक्षकले चढ्ने गाडी हेडक्वाटर पठाइएको हो । 
 

प्रतिक्रिया