ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सिंहदरबार जलिरहँदा ‘देखिस् तेरो पतन’ भन्दै रक्षा बमको विजयी पोज, के भन्छिन् उनी ?

बिहिबार २३, असोज २०८२ १०:३७

काठमाडौं । चर्चित जेनजी अभियन्ता रक्षा बमले गत भदौ २४ गते सिंहदरबार जलाइँदा अगाडि बसेर खुसी मनाएको फाटो भाइरल भएको छ । जलिरहेको सिंहदरबार अगाडि ‘विजयी पोज’ मा खिचाएको तस्बिर उनी स्वयमले सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् ।

तस्बिरमा बमले सिंहदरबारको पश्चिम गेट अगाडि दुवै हात माथि उठाएर खुसी मनाइरहेको देखिन्छ भने गेट पछाडिबाट धुवाँको मुस्लो उडिरहेको छ । तस्बिरको क्याप्सनमा उनले लेखेकी छन्,  ‘हाम्रो खुन बगाइस्, देखिस् तेरो पतन ’

यो तस्बिरलाई लिएर विवादित बनेपछि बमले भिडिओ सन्देशमार्फत आफ्नो भनाइ राखेकी छन् । सिंहदरबार जल्दा खुसी अनुभूति गरेको स्वीकार्दै उनले यसका लागि कारबाही भोग्नुपरे तयार रहेको बताइन् ।
 

प्रतिक्रिया