काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दलहरूलाई बोलाएको छ ।
फागुन २१ गते तय भएको निर्वाचनसम्बन्धी छलफलका लागि असोज ३० गते दलहरूलाई बोलाइएको हो ।
आयोगले यसअघि नै निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ । आयोगले दलहरूसँग छलफल नै नगरी कार्यतालिका सार्वजनिक गरेको भन्दै प्रमुख दलले असन्तुष्टि जनाउँदै आएका छन् ।
प्रतिक्रिया