ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डोटीमा प्रहरी मृत्यु प्रकरण : बसले ठक्कर दिएको थियो, चालक पक्राउ

बुधबार २२, असोज २०८२ ०२:२०

डोटी । डोटीको शिखर नगरपालिकामा प्रहरी जवान शंकर बलायरको मृत्यु प्रकरणमा एक जना पक्राउ परेका छन् । 

शिखर नगरपालिका – ८ तिलताली घर भई हाल जिल्ला ट्राफीक प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी जवान बलायर असोज १७ मध्यराति मृत भेटिएका थिए । मृतक बलायर दसैं बिदामा घर आएको समयमा घटना भएको हो ।

प्रहरीको अनुसन्धानले मध्यराति बसले ठक्कर दिएर बलायरको मृत्यु भएको जनाएको छ । बलायरलाई ठक्कर दिएर बससहित फरार रहेका चालक बाजुरा गौमुल गाउँपालिका–२ मल्दुकुनका ३३ वर्षीय चालक गणेश धामीलाई पक्राउ गरिएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र नेपालले चालकलाई सोमबार पक्राउ गरिएको बताए । पक्राउ परेकालाई केही दिनमै आधिकारिक रूपमा सार्वजनिक गरिने प्रहरी उपरीक्षक नेपालले बताए ।

पक्राउ परेका व्यक्तिले कसुर स्वीकार गरिसकेको डोटी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया