धनगढी । सुदूरपश्चिम प्रदेशमा आजदेखि मौसम सुधार हुँदै जाने पूर्वानुमान गरिएको छ । मनसुन बाहिरिए पनि पश्चिमी र स्थानीय वायुको प्रभावले सोमबारदेखि प्रदेशभरी वर्षा भइरहेकोमा आजदेखि सुधार हुने बताइएको हो ।
मनसुन बहिर्गमन लगत्तै पोष्ट मनसुनको सक्रियताले पानी परिरहेको जल तथा मौसम विज्ञान विभाग महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका प्रमुख सञ्जयकुमार साहले बताए । उनले बुधबारदेखि मौसम सुधार हुँदै जाने उल्लेख गरे ।
पोष्ट मनसुनको सक्रियताले सबैभन्दा बढी डडेल्धुरामा पानी परेको महाकाली बेसिन फिल्ड कार्यालयले जानकारी दिएको छ ।
प्रतिक्रिया