धनगढी । भारतीय सीमावर्ती बजार बनगाउँबाट चिनी ल्याएकी महिलालाई सशस्त्र प्रहरीले रोकेको छ । भन्सार कार्यालय धनगढी नजिक सशस्त्रको चेकपोस्टमा २५ किलोग्राम चिनी ल्याएकी एक महिलालाई सशस्त्र प्रहरीले रोकेको हो ।
घरायसी प्रयोगका लागि ल्याएको सामान बरामद गरेर रोकेको भन्दै ती महिलाले सडकमै सुतेर अनसन बसेकी छिन् ।
यता सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म त्रिनगर कैलालीका डीएसपी धिरेन्द्र शाहले २५ किलो चिनी बरामद गरेर ल्याएको बताउँदै अहिले लैजानु भनेको तर नलगेको बताए । `चिनी चेक पोस्टबाट लगेर कार्यालयमा पुगाएका थियौं,´ उनले भने, `अबदेखि नल्याउनु भनेर लैजानु भनेका थियौं । तर उहाँले चेक पोस्टमै पुगाइदिनु भनेर अडान लिइरहनु भएको छ ।´
तस्करीको सामान राति पनि पास हुँदै आएकोमा २०/२५ किलो चिनी सशस्त्र प्रहरीले रोकेको भन्दै विरोध भइरहेको छ ।
प्रतिक्रिया